सुनकोशीको काखमा ‘ताज रिभरसाइड रिसोर्ट : र्‍याफ्टिङदेखि गाउँले अर्गानिक खानासम्म !

दियो पोस्ट  

काठमाडौं, १ फागुन । शहरीकरणको तिब्र विकासले मानव जीवन यतिबेला संकटपूर्ण बन्दै गएको छ ।

त्यसैले मानिसहरु शहरको कोलाहल र प्रदुषण पञ्छाएर क्षणभरमै पुग्न सकिने प्रकृतिको मनोरम गन्तव्यको खोजी गर्छन् । सहरबाट केही नजिकै भव्य रिसोर्टहरु खुल्न थालेको छ ।

नेपालीहरुमा ‘रेष्टुरेन्टलाई एउटा कल्चरको रुपमा विकास गर्ने प्रचलन शुरु भइसकेको छ ।
काठमाडौंबाट करिब ८५ किलोमिटर बिपी राजमार्गको यात्रा गरेपछि एउटा त्यस्तो गन्तव्यमा पुगिन्छ । जहाँ तपाईंले प्रकृतिको सुन्दर काखमा समय बिताउने मौका पाउनुहुन्छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ५ मुलकोटमा ‘ताज रिभरसाइड रिसोर्ट’ सञ्चालनमा आएको छ ।


कोरोना महामारीकै बीच पर्यटन व्यावसायी तथा टानका पूर्व अध्यक्ष नवराज दाहाल, बोधराज भण्डारी, श्यामसुन्दर कँडेल सहितका समुहले सञ्चालनमा ल्याएको ‘ताज’ सुनकोशी नदिको किनारमै अवस्थित छ । करिब १० करोड लगानीमा सञ्चालनमा आएको यो रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्न सक्ने देखिएको छ ।


रिसोर्टमा स्विमिङ पुल, पिङ, भलिबल, सेमिनार हल, टेबलटेनिस बोर्डदेखि हेलिप्याडसम्म रहेको छ । ‘हामी आन्तरिक पर्यटनको नयाँ डेस्टिनेशनको प्रवद्र्धनका लागि यहाँ आएका हौँ,’ सञ्चालक बोधराज भण्डारीले भने,‘यहाँमाथि नजिकै माँझी बस्ती छ । यहाँका पुर्खाहरु र युगौँदेखि बस्दै आएका सांस्कृतिक क्षेत्रहरुलाई पनि हामी प्रवद्र्धन गर्छौं ।’

उनका अनुसार मुलकोट पुरानो सांस्कृतिक सहर भने होइन तर, नयाँ बन्दै गरेको शहर हो । ‘हामीले स्थानिय व्यक्तिलाई संभव भएसम्म धेरै रोजगारी श्रजना गरेका छौँ,’ उनले भने,‘हामी अझैपनि निर्माणकै प्रक्रियामा छौँ । यो पुरा भएको छैन ।’


सुनकोशी नदिमा र्याफ्टिङको मजा लिन समेत सकिन्छ । यसअघि १० दिनको र्याफ्टिङ हुने गरेको सञ्चालकहरु बताउँछन् । ‘अहिलेपनि नेपाल थोकबाट मुलकोट स्थित ताजरिसोर्टसम्म २ घण्टा मज्जाले र्याफ्टिङ गर्न सकिन्छ । यहाँदेखि खुर्कोटसम्म दुईदेखि ३ घण्टामा र्याफ्टिङ गर्न सकिन्छ,’ अर्का सञ्चालक भन्छन्,‘दुई दिन बस्न चाहनेले अघिल्लो दिन आएर भोलीपल्ट र्याफ्टिङको मज्जा लिएर जानसक्छ । रामेछापको खाँडादेवि मन्दिर पनि जान सकिन्छ ।’

घरबाट निस्केर रमाइलो गर्नेहरुका लागि रिसोर्टले सक्दो मनोरञ्जन दिने उनीहरु बताउँछन् ।
लुक्ला हुँदै सगरमाथा अरोहण गर्ने विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट उडान भर्न थालिएको छ । यस्तो उडानमा आउने विदेशी पर्यटकको प्रमुख रोजाइको गन्तव्य समेत ताज बन्न सक्ने व्यावसायीहरु बताउँछन् ।


मन्थली विमास्थल र लुक्ला विमानस्थललाई जोड्न आफ्नो समेत सकारात्मक पहल हुने नागरिक उडयन प्राधिकरणका सञ्चालक समिति सदस्य लेखनाथ भण्डारीले बताउँछन् । उनले रिसोर्टका कारण आन्तरिक पर्यटक उल्लेख्य बृद्धि हुने अपेक्षा समेत राखे ।


यता रिसोर्टकै सञ्चालक तथा ट्रेकिङ एजेन्सीज एसोशिएशन नेपाल टानका पूर्व अध्यक्ष नवराज दाहाल भने आफूहरुले मुलकोट क्षेत्रलाई नयाँ गन्तव्यको रुपमा चिनाउन चाहेको बताउँछन् ।

कोरोना अघि विदेशी पर्यटकको बेसक्याम्प बनेको थियो ताज रिसोर्ट : गाउँपालिका अध्यक्ष बोहोरा


सिन्धुलीको सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा रिसोर्ट सञ्चालनमा आएपछि गाउँपालिकामा विदेशी पर्यटकको आइरो लागेको बताउँछिन् । ‘यो रिसोर्ट सञ्चालनमा आएपछि कोरोना संक्रमण हुनुअघि त रिसोर्ट नै सगरमाथाको आधार शिविर जस्तो भएको थियो । गाउँपालिकामा पर्यटकको आकर्षण बढेको थियो ।

र्याफ्टिङ पनि चलेको थियो । अहिले कोरोनाका कारण रोकिएको छ,’ अध्यक्ष बोहोराले दियोपोस्टसँग भनिन्,‘रिसोर्टका कारण हाम्रो गाउँपालिकालाई निकै राम्रो भएको थियो । स्थानिय मन्दिरहरुमा पर्यटकको घुँइचो लाग्ने गर्दथ्यो । अब बिस्तारै फेरी पर्यटक आउने क्रम बढ्दैछ ।’

सिफारिस