विद्यालय नै बन्द गरेर धादिङ धुवाँकोटका शिक्षक नेपाली कांग्रेसको जुलुशमा (भिडियोसहित)

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता


धादिङ, ३ फागुन । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटमा रहेको एक विद्यालयका शिक्षकहरु विद्यालय नै बन्द गरेर नेपाली कांग्रेसको जुलुशमा हिँडेको पाइएको छ ।
धुवाँकोटस्थित सरस्वती उच्च माविका शिक्षकहरु विद्यालय नै बन्द गरेर नेपाली कांग्रेस धादिङले आयोजना गरेको जुलुश तथा विरोध सभामा सहभागी हुन धादिङवेशी पुगेको पाइएको हो ।


नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागितामा सोमबार धादिङवेशी सदरमुकाममा कांग्रेस धादिङले विरोध सभा आयोजना गरेको थियो । विरोध सभामा उल्लेख्य रुपमा कांग्रेस कार्यकर्ता सहभागी भएका थिए । तर, शिक्षकहरु जुलुशमा गएपनि विद्यालय भने बन्द नभएको प्रधानाध्यापक डिल्ली घिमिरेको दाबी छ । यद्धपी केही शिक्षक भने कांग्रेसको जुलुश र विरोध सभामा सहभागी भएको उनले बताए ।


‘यहाँ कसैले कसैलाई टेर्दैन सर । हामी शिक्षकलाई झन कसैले टेर्दैन । पहिला राजनीतिक दललाई कारबाही गर्नुपर्छ,’ उनले भने,‘म फरक पार्टीको मान्छे हुँ । म त्यो जुलुशमा गएको भन्ने कुरा वाहियात हो । आज स्कुल चलेको छ ।’

उनी भने नगरपालिकाको शिक्षा शाखाले शिक्षक नियुक्तीको विषयमा लिएको परिक्षामा सहभागी भएको उनको दाबी छ ।


शिक्षा शाखा प्रमुख तुल बहादुर महतले स्थानियबासीले जुलुशमा सहभागी भएर विद्यालय नै बन्द गरेको विषयमा उजुरी दिए कारबाही गर्ने बताए ।

सम्बन्धित खबर