धादिङ, ४ फागुन । धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत २ कर्मचारी घुस सहित पक्राउ परेका छन् । गाउँपालिकामा कार्यरत ईन्जिनियर पुजा कार्की ९५ हजार घुससहित पक्राउ परेको स्रोतले जनाएको छ । यद्धपी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले भने सुचना आधिकारिक रुपमा वेभसाइटमा अपलोड नगरेको बताए ।
स्थानिय ठेकेदारसँग निर्माण सम्पन्न पछि भुक्तानी दिन आनाकानी गरेर बार्गेनिङ गरेको गोप्य सुचनाको आधारमा कार्कीलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।
गाउँपालिकाका लेखा अधिकृत अर्जुन प्रसाद सापकोटालाई समेत अख्तियारले पक्राउ गरेको भनिएपनि उनी अहिलेसम्म गाउँपालिकामै छन् । उनलाई सम्पर्क गर्दा आफू कार्यालयमै रहेको बताए ।
ईन्जिनियर कार्कीलाई सम्पर्क गर्दा उनको मोबाइल अफ छ । गाउँपालिकाका सुचना अधिकारी हेमन्त ढकालले लेखा अधिकृत सापकोटा कार्यालयमै रहेको र इन्जिनियर कार्की केहीबेरअघि देखि कार्यालयमा नरहेको जानकरी दिए ।