सपना रोका मगरको नाङ्गो फोटो देखाउँछु भन्दै धम्की दिने बिनयजंग बस्नेत पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं, ४ फागुन । सपना रोका मगरलाई धम्की दिने काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका विनयजङ्ग बस्नेत पक्राउ परेका छन् ।

विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको हो ।

काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो । उनले सपनाको नाङ्गो फोटो देखाइदिने धम्की दिँदै हिँडेका थिए ।

सम्बन्धित खबर