भागरथीको हत्यारा पक्राउ गर्ने डिआइजी उत्तम सुवेदीसहितको टोलीलाई स्थानियको फूलमाला !

दियोपोस्ट संवाददाता

बैतडी, ५ फागुन । भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणपछि सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी नेतृत्वको टोली विगत लामो समयदेखि फिल्डमै थियो ।


अन्तत १३ दिन लामो अनुसन्धानपछि दोषी पक्राउ गर्न प्रहरी सफल भयो । डिआइजी सुवेदी नेतृत्वको टोलीले हत्यामा समलग्न रहेको अभियोगमा भागरथीकै भाई नाता पर्ने दिनेश भट्टलाई पक्राउ गरि सार्वजनिक गर्दैछ । अभियुक्त पक्राउ गरेको भन्दै स्थानियबासीले डिआइजी सुवेदी सहितको प्रहरी टोलीलाई फूलमाला लगाएर विदाई गरेका छन् ।
भागरथीहत्याको अनुसन्धानमा डीआईजी उत्तमराज सुवेदी,एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, जिल्लाप्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी लगायतको टोली थियो ।

घटनाको अनुसन्धानगर्न डीआईजी सुवेदी सहितका प्रहरी रातदिन निरन्तर अनुसन्धानमा खटिएर दोषी पत्तालगाएकोमा गाउँपालिका र स्थानीयवासीले फूलमाला पहिर्याएर प्रहरी टोलीलाई विदाई गरेको दोगडाकेदार गाउँपालिका–३, का वडा अध्यक्ष चन्द्रदेव जोशीले बताए ।

भागरथी हत्या आरोपमा प्रहरीले मङ्गलबार राति गाउँकै दिनेश भट्टलाई पक्राउ गरेको छ । अनुसन्धानमा संलग्नप्रहरीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–७, चडेपानीलमकट्टे बस्नेकिशोर दिनेश भट्ट भागरथीसँगै सनातनधर्म माविमाकक्षा ११ माअध्ययनरत विद्यार्थी हुन् ।

मङ्गलबार राति १० बजे घरबाटै पक्राउ परेका किशोरलाई जिल्लाप्रहरी कार्यालय ल्याईएको छ । किशोरलाई आजै सार्वजनिकगरिने प्रहरीले जानकारी दिएको छ ।

प्रहरी स्रोतकाअनुसार तीकिशोरले विद्यालयबाट घर फर्कदाभागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन् । पारिवारिक रिसईवीका कारण हत्या गरेको उनले प्रारम्भीक बयानदिएका छन् ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट घर फर्कदा बेपत्ता भएकी थिइन् । भागरथीको शब भोली पल्ट माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लडालेक जंगलमा फेला परेको थियो ।

सम्बन्धित खबर

सिफारिस