लाजिम्पाट स्थित प्रचण्ड निवासमा बन्दैछ अन्तर्राष्ट्रिय अस्पताल : धमाधम हुँदैछ काम !

दियोपोस्ट संवाददाता

काठमाडौं, ५ फागुन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास सँधै चर्चा र विवादको केन्द्रमा रहँदै आएको छ । तत्कालिन ने.क.पा. माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि प्रचण्ड राजधानीको नयाँ बजारमा बस्थे । नयाँ बजारस्थित उनको निवास क्षेत्र अहिलेपनि प्रचण्ड निवासको रुपमा चर्चित छ ।


त्यसपछि उनी लाजिम्पाट स्थित विवादास्पद व्यापारी अजय सुमार्गीको घरमा सरे । उक्त घर पनि सँधै विवाद र चर्चामा रहयो । सोही घरमा बस्दा प्रचण्डले आफ्ना एकमात्र छोरा प्रकाश दाहाललाई गुमाउनु पर्यो । लाजिम्पाटको उक्त भवनबाट उनी यतिबेला खुमलटार स्थित शारदा अधिकारीको भव्य महलमा डेरा सरेका छन् । उनी बसेकै कारण खुमलटार चर्चाको केन्द्रमा रहनेगर्छ ।


प्रचण्डले यसअघि डेरागरि बसेको लाजिम्पाट स्थित अजय सुमार्गीको भव्य घरमा यतिबेला धमाधम निर्माण थालिएको छ । स्रोतका अनुसार उक्त घरमा केही विवादास्पद व्यापारीले अन्तर्राष्ट्रिय अस्पताल सञ्चालनको तयारी थालेका छन् ।


कुनै समय नेपालमा फेक रेस्क्युको धन्दा चलाउने केही व्यापारीले लाजिम्पाट स्थित उक्त भवनमा श्रीद्धि अन्तर्राष्ट्रिय अस्पताल सञ्चालन गर्ने तयारी थालेका हुन् । ठेमेल स्थित एक अस्पतालबाट हात केही महिनाअघि मात्रै बाहिरिएका डाक्टर सहितको समुहले श्रीद्धि अन्तर्राष्ट्रिय अस्पताल सञ्चालनको तयारी थालेको स्रोतले जनाएको छ ।

प्रचण्डको परिवारसँग निकट सम्बन्ध रहेका ‘दाहाल थरकै’ गैरआवाशिय नेपालीले समेत उक्त अस्पतालमा मुख्य लगानी गरेको स्रोतले जनाएको छ । उक्त अस्पतालले नेपाल घुम्न आउने पदयात्री विदेशी पर्यटकको उपचार गर्ने लक्ष राखेको स्रोतले जनाएको छ ।

सम्बन्धित खबर