अनुहार छोपेर प्रहरीले सार्वजनिक गर्यो भागरथी भट्टको हत्यामा समलग्न अभियुक्त !

दियो पोस्ट  

बैतडी, ५ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्‍कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।


अन्दाजी १८ वर्षिय भट्टले भागरथीलाई बलात्कारपति घाँटी थिचेर हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीमा उनलाई सार्वजनिक गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको बताए ।


जिल्ला अदालत बैतडीले उनलाई थुनामा राख्न म्याद थप गरको छ ।

सिफारिस