मुल्य बृद्धि विरुद्ध अनेरास्ववियुले भोली फागुन ६ गते आयल निगम घेराउ गर्ने !

दियोपोस्ट संवाददाता

काठमाडौं, ५ फागुन । पेट्रोलियम पदार्थको मुल्यबृद्धिको विरोधमा नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले आन्दोलनको घोषणा गरेको छ । अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङद्वारा हस्ताक्षेरित विज्ञप्ति अनुसार देशभरका कलेजम तथा क्याम्पसमा प्रदर्शन गर्नेदेखि आयल निगम घेराउसम्मको आन्दोलनको कार्यक्रम छ ।


अनेरास्ववियुले भोली अर्थात फागुन ६ गते देशभरका कलेजमा प्रदर्शन गर्ने र आयल निगम घेराउ गर्ने जनाएको छ ।
निगमले केही बुधबारदेखि लागु हुनेगरि पेट्रोल, मट्टितेल र ग्याँसको भाउ बढाएको थियो ।

सम्बन्धित खबर