मुल्यबृद्धि विरुद्ध अनेरास्ववियुद्वारा आयल निगम घेराउ

दियोपोस्ट संवाददाता

काठमाडौं, ६ फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगम घेराउ गरेको छ । निगमले पेट्रोलियम पदार्थको भाउ सातामै २ पटक सम्म बृद्धि गरेपनि उनीहरुले विरोध स्वरुप आयल निगम घेराउ गरेका हुन् ।


विद्यार्थीहरुले निगमअगाडी सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुल मुल्यबृद्धि खारेज गर्न भन्दै चर्को नाराबाजी गरेका छन् । निगमले केही दिनअघि निरन्तर एकै हप्तामा २ पटक पेट्रोल, मट्टितेल र ग्याँसको भाउ बढाएको थियो ।

बढ्दो महँगी विरुद्ध अनेरास्ववियुले विहिबार विहानै कलेज तथा क्याम्पसअगाडी प्रदर्शन गरेको छ ।

सम्बन्धित खबर