प्रदेश २ का प्रमुख तिलक परियार राष्ट्रपति भण्डारीद्वारा बर्खास्त !

दियोपोस्ट संवाददाता

काठमाडौं, ७ फागुन । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन्। नेकपाको सिफारिसमा केही अघि मात्रै प्रदेश प्रमुख नियुक्त भएका परियार नेपालको पहिलो दलित प्रदेश प्रमुख थिए । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्। २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए।

बीचमा उनी मोहन वैद्यसँग गएका थिए। उनी केही समय नेत्रविक्रम चन्द ुविप्लवु को समूहमा थिए। पछि उनी फेरि माओवादीमा फर्किएका थिए।

परियार २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए।

सम्बन्धित खबर