प्रदेश २ का प्रमुख तिलक परियार भन्छन्,‘म निष्पक्ष थिएँ, हटाएको कागज आइपुग्यो’

प्रदेश २ का प्रमुख तिलक परियार भन्छन्,‘म निष्पक्ष थिएँ, हटाएको कागज आइपुग्यो’

काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवि भण्डारीबाट पदमुक्त भएका प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले आफूलाई पत्र आइपुगेको बताएका छन् ।


‘मलाई पदमुक्त गरिएको कागज आयो । म निष्पक्ष भएर काम गरिरहेको थिएँ । म कतै खुलेको पनि थिइनँ,’ उनले भने,‘तर, पदमुक्तको कागज आइपुग्यो । म परामर्शमै छु । मलाई किन बर्खास्त गरियो गर्ने मान्छेलाई नै थाहा होला ।’


नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका परियारलाई हटाएर भण्डारीले संघीयता विरोधी र राजावादी खेमाका राजेश अहिराजलाई प्रदेश प्रमुखलाई नियुक्त गरेकी छिन् ।

Trending News