प्रधानमन्त्री ओली र विप्लवको जन्मदिन पारेर आजै विप्लव समुहमाथि प्रतिबन्द फुकाउने तयारी !

प्रधानमन्त्री ओली र विप्लवको जन्मदिन पारेर आजै विप्लव समुहमाथि प्रतिबन्द फुकाउने तयारी !

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी ओली र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाको महासचिव नेत्रविक्रमल चन्दको जन्मदिनको अवसर पारेर संभवत आज फागुन ११ गते सरकारले विप्लव माओवादी विरुद्ध लगाएको प्रतिबन्ध फिर्ता लिएर विद्रोही नेकपासँग वार्ताको लागि औपचारिक घोषणा गर्ने छ ।

आज प्रधानमन्त्री केपी ओली र प्रतिबन्धित नेकपा विद्रोही नेता चन्द दुबैको जन्मदिन हो । सरकारसँग वार्ताका लागि विप्लव नेकपाका नेताहरु प्रकाण्ड भनिने खडक बहादुर विश्वकर्मा, चिरन पुन र सन्तोष बुढा राजधानी आइसकेको समाचार स्रोतले जनाएको छ ।

दुबै नेताको जन्मदिनको अवसर पारेर नेकपा विरुद्धको प्रतिबन्ध सरकारले आजै हटाउने संभावना रहेको छ ।
मंगलबार विहान सुरक्षा परिषदको बैठक समेत बसेको थियो । त्यसपछि आजै १ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ ।

Trending News