निर्वाचन अनिश्चित हुँदाहुँदै निर्वाचन आयोगद्वारा मतपेटिका खरिदका लागि १३ करोडमा ठेक्का !

निर्वाचन अनिश्चित हुँदाहुँदै निर्वाचन आयोगद्वारा मतपेटिका खरिदका लागि १३ करोडमा ठेक्का !

काठमाडौं, ११ फागुन । प्रतिनिधि सभा पुस्थापनाको विषयमा सर्वोच्च अदालतले केही दिनभित्रै फैसला गर्दै छ । सरकारले वैशाख १७ र २७ मा दुई चरणको निर्वाचन घोषणा गरेपनि सर्वोच्च अदालतको फैसलाले नै निर्वाचनको भविष्य निर्धारण गर्दछ । तर, निर्वाचन आयोगले भने करोडौंको ठेक्का खोलेको छ ।


निर्वाचन सामग्री खरिदका लागिभन्दै निर्वाचन आयोगले १३ करोड २० लाख रुपैयाँ भन्दा बढिको ठेक्का खोलको हो ।


आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागिभन्दै आयोगले छपाई सम्बन्धी सामग्री खरिदका लागि ठेक्का खोलेको हो ।


आयोगले मतपेटिका मात्रै १ करोड २५ लाख रुपैयाँमा खरिद गर्दैछ । तयस्तै पोलबुक र कार्ड खरिदकालाग ४० लाख रुपैयाँ खर्च गर्ने तयारी गरेको छ । स्ट्याम लेटरप्याडका लागिभन्दै २ करोड १० लाख रुपैयाँ खर्च गर्ने जनाइएको छ ।

जेलपेन र रातोमसिको लागि २ करोड खर्च गर्दैछ । सुरक्षण सिल र रबर म्याटकालागि २ करोड खन्याउँदैछ । छेकाबाराका लागि पनि २ करोड रुपैयाँ खर्च गर्दैछ ।

फोटोकपी पेपर, ग्लुस्टिक तथा कोरा कपडा र थैलोको लागि १ करोड ५० लाख रुपैयाँको प्रस्ताव छ । फागुन ११ गते गोरखापत्रमा सुचना छापेर आयोगले खरिदको ठेक्का आह्वान गरेको हो ।

Trending News