युवराज अधिकारीको खण्डन : ‘गोप्य पत्र छाप्न दिने र समाचार लेखाउनेमाथि कारबाही हुनुपर्छ’

युवराज अधिकारीको खण्डन : ‘गोप्य पत्र छाप्न दिने र समाचार लेखाउनेमाथि कारबाही हुनुपर्छ’

काठमाडौं, १४ फागुन । नेपाल एयरलाइन्सका पूर्व अर्थ विभाग प्रमुख युवराज अधिकारीले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् ।


दियोपोस्टको आधिकारीक इमेलमा अधिकारीले प्रेसित गरेको खण्डन अनुसार उनी र दोस्रो पक्षबीच मिलापत्र समेत भइसकेको छ ।


‘सम्मानित अदालतको अन्तरिम आदेश तत्काल कार्यान्वयन भएपछि पनि कार्यालयमा कुनैपनि प्रकारको मनमुटाव नरहोस् भने निगमको व्यवस्थापनको अगुवाईमा आधिकारिक ट्रेड युनियन र मानव संशाधन विभागको निर्देशक समेत बसेर आपसी सहमति र अब उप्रान्त यो विवाद कहिँ कतै कसैले नउठाउने समझदारी भएको हो,’ उनले खण्डन गर्दै भनेका छन्,‘तर तपाईंले विनाआधार विना प्रमाण लेनदेन गरेर मिलाएको भनेुर मेरो र त्यहाँका अन्य कर्मचारीहरुको एवम् निगम व्यवस्थापनको पनि मानहानी गर्ने गराउने काम गराउनुभएको छ । यसर्थ, उक्त समाचार विवेकपूर्ण ढंगबाट खण्डन गर्नु तपाईंको दायित्व र कर्तव्य हो ।’


उनले समाचार लेखाउने र गोप्य कागजात छाप्नेमाथि कारबाही हुनुपर्ने माग समेत राखेका छन् । खण्डन नछापे अदालतमा मानहानीको मुद्दा हाल्ने धम्की समेत उनले दिएका छन्

Trending News