काठमाडौं, १५ फागुन । ग्रेटर नेपालको अभियान्ता बताउने फणिन्द्र नेपालले सञ्चालन गरेको इडेन पब्लिक स्कुलको घर खाली गर्ने काठमाडौं महानगरपालिकाको फैसला जिल्ला अदालतले सदर गरेको छ ।
फणिन्द्र नेपाल र उनकी श्रीमति रोहिका नेपालले सम्झौता सकिए पनि घर भाडा नतिरी लामो समयदेखि घर कब्जा गरेर बसेको भन्दै पीडित घरबेटी नरेश न्यौपानेले विभिन्न निकाय गुहारेका थिए ।
गत माघ २५ गते जिल्ला अदालत काठमाडौंले उनीहरुले कब्जा गरेर बसेको चाबेल स्थित नरेश न्यौपानेको घर खाली गर्न र फैसला कार्यान्वयन गर्न समेन निर्देशन दिएको छ ।
इडेन पब्लिक स्कुलले सम्झौता अनुसारको घरबहाल समेत नतिरेको जिल्ला अदालतको फैसलामा उल्लेख छ । पीडित न्यौपानेले अब छिट्टै आफ्नो घर खाली हुने जानकारी दिए ।
यो पनि पढ्नुहोस्