राजधानीका स्वर्गिय मालिक महेन्द्र शेरचनको औषधी खर्च तिर्न परिवारको अटेरी !

diyopost.com
दियो पोस्ट  बिहिबार, माघ २०, २०७८ | ०:००:१९

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष स्व। महेन्द्र शेरचनको केहीमहिना अघि निधन भयो । कोरोना संक्रमणका कारण उनको एपिएफ अस्पतालमा निधन भएको थियो ।

रोजगार व्यावसायबाट सञ्चार उद्यममा हात हालेका शेरचनले निकै कठिन घडिमा राजधानी दैनिकलाई सफल नेतृत्व मात्रै दिएनन् सञ्चार क्षेत्रमा अब्बल सम्पादकहरु समेत उत्पादन गरे । राजधानी दैनिकलाई आर्थिक रुपमा समेत सवल बनाएका शेरचन संविधान सभाका सदस्य समेत थिए । उनले कठिन संघर्षबाट उठाएको राजधानी दैनिकको नेतृत्वमा यतिबेला उनकी श्रीमती नन्दा शेरचन र उनकै पुत्र आशिष शेरचन छन् ।

 

राजधानी दैनिकको प्रिन्टलाइनमा अध्यक्षको रुपमा नन्दा र प्रमुख कार्यकारी अधिकृतको रुपमा आशिषको नाम उल्लेख छ । तर, उनै अध्यक्ष नन्दा र सिइओ आशिषले स्वर्गिय शेरचनको उपचारका क्रममा भएको औषधी खरिदको बिल नतिरेको आरोप लागेको छ । शेरचनको निधनपछि उनको नाममा रहेको लेनदेनमा परिवारले बेवास्ता गरेको पाइएको हो ।

शेरचनको उपचारको क्रममा चप्पल, साबुन, औषधीलगायतका सामग्रीको पैसा तिर्ने विषयमा आशिष र नन्दाले बेवास्ता गरेको पाइएको छ ।

पूर्व संविधानसभा सदस्य समेत रहेका शेरचनको कोरोना संक्रमणबाट गत भदौमा शसस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

उपचारको क्रममा अस्पतालमा नभएका कतिपय औषधी बाहिर मेडिकलमा किन्नु पर्ने भएपछि उधारोमा लिएको थियो । हस्पिटलमा नभएको औषधी तथा अन्य सागाम्री बापत २७ हजार पाँच सय बराबरको औषधी सामग्री मेडिकलबाट खरिद गरेको थियो । महेन्द्रले पछि पैसा दिन्छु भन्दै ती सामग्री तथा औषधी किनेपनि उनको निधनपछि परिवारले मेडिकल सञ्चालकलाई रकम दिन अस्विकार गरेको पाइएको हो ।

महेन्द्रको उपचारका क्रममा शुभ पोखरी फार्मेसीबाट चप्पल लगायत औषधी खरिद गरिएको थियो । ‘पैसा नदिएर हैरान पारे । के–के भन्छन् के के,’ मेडिकल सञ्चालक सुनिता राईले दियोपोस्टसँग भनिन्,‘आमा चाहीँले छोराको नाम दियो । छोरो (आशिष)ले म पैसा दिन्न जेसुकै गर भनेर पो धम्की दिए ।’

 

महेन्द्र हस्पिटलमा रहँदा ‘पेइङ नर्स’ राखिएको थियो । ती सामग्रीहरु भने तीनै नर्सले खरिद गरेको स्रोतले बतायो । मेडिकलले नर्ससँग रकम माग गर्दा नर्सले परिवारको सम्पर्क नम्बर दिएकी थिइन् । अहिले पैसा नउठेपछि मेडिकल सञ्चालक मात्रै हैन ती नर्स समेत तनावमा परेकी छिन् ।

तर, राजधानी दैनिकका प्रमुख कार्यकारी अधिकृत तथा सिइओ आशिष शेरचन भने आफूले सबै बिल तिरिसकेको बताउँछन् । ‘मैले एपिएफ अस्पताल र औषधीको बिल सबै तिरेको छु । एक पैसा कतै बाँकी छैन । बुवा वितेको डेढ महिनापछि उहाँले मेरो आमालाई फोन गरेर तनाव दिनु भएछ,’ शेरचनले दियोपोस्टसँग भने,‘मलाई पनि फोन गर्नु भयो । तर, उहाँले हामीलाई नै ती मेडिकल सामग्री दिएको हो भन्ने प्रमाण दिन सक्नु भएको छैन । त्यो औषधी कसलाई दिएको भन्ने प्रमाण नै नभएपछि हामीले कसरी पेमेन्ट गर्ने ?’

 

सम्बन्धित खबर