हराएको खोप वीरका कर्मचारीद्वारा भारतीय नागरिकलाई विक्री : यी हुन् खोप बेचुवा कर्मचारी !

diyopost.com
दियो पोस्ट  आइतबार, फाल्गुण ०१, २०७८ | १७:२७:१८

काठमाडौं । नेपालको सबैभन्दा पुरानो अस्पताल बीर अस्पतालमा त्यहाँका कर्मचारीले खोपको कालोबजारी गरेको खुलाशा भएको छ । खोपको कालोबजारी गर्नेहरुले प्रतिव्यक्ति १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म असुलेर भारतीय नागरिकलाई खोप विक्री गरेको खुलेको हो । अस्पतालमा कार्यरत अहेव नवराज श्रेष्ठ, टिकाराम पनेरु र युवराज सुवेदीको मिलेमतोमा यस्तो धन्दा हुने गरेको स्रोतले दियोपोस्टलार्इंं जानकारी दिएको छ ।

उनीहरुले आफू निकट तथा उच्च घराना र विभिन्न सहकारीका कर्मचारीलाई उमेर समुह नमिलेपनि प्रति व्यक्ति १० हजार रुपैयाँदेखि ३० हजारसम्म असुलेर खोपको कालोबजारी गरेको पाइएको हो ।

एक समय नेपालमा भारतीय नागरिकको भिड लाग्ने गर्दथ्यो । भारतमा बनेको कोभिडसिल्ड नाम खोप लगाएर चीन जान नपाइने र त्यहाँ चिनिया खोप भेरोसेल नै लगाउनुपर्ने भएका कारण भारतीय नागरिक नेपालमा विमान चाटर्ड नै गरेर आँउथे । उनीहरु राजधानीका विभिन्न होटल बुक गरेर बसेका थिए । जनताका लागि निशुल्क प्रदान गर्न भन्दै चीन सरकारले दिएका ती खोपहरु तत्कालिन केपी ओली नेतृत्वको सरकारका पालामा सबैभन्दा बढी कालोबजारीमा विक्री भएका थिए ।

वीर अस्पतालका अहेव पनेरुले प्रति व्यक्ति २५ देखि ३० हजार रुपैयाँ लिएर भारतीय नागरिकलाई खोप विक्री गर्ने गरेको वीर अस्पताल स्रोतको आरोप छ । उनीहरुले नै भारतीय नागरिकलाई खोप कार्ड दिएको र सिफारिस समेत गरिदिएको कागजात समेत फेला परेको थियो । जसमा अहेव पनेरुकै हस्ताक्षर समेत छ ।

भारतबाट आएकाहरुका लागि वीर अस्पतालका खोप बेचुवाहरुले बनस्थलिको अर्कीड क्याफेमा पैसा उठाएर गोप्य खोप केन्द्र नै खडा गरेका थिए । उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न निकायमा उजुरी परेपनि कारबाही भएको छैन । आफूलाई अख्तियार प्रमुख प्रेम कुमार राई र स्वास्थ्य सचिव लक्ष्मण अर्याल निकट हुँ भन्दै उनीहरुले यस्तो धन्दा गरेको आरोप छ ।

उनले स्वास्थ्य सचिव अर्याललाई मोटो रकम घुस खुवाएको समेत आरोप छ । हाल सरकराले २४ लाख भन्दा बढी खोप हराएको दाबी गरिरहेको छ । यसरी हराएका खोप पनेरु लगायतले जस्तै विक्री भएको पोल खुलेको छ । सरकारलले छानबीन गरे खोप बेचुवाहरु कारबाहीमा पर्ने संभावना रहेको वीरकै एक अर्का कर्मचारी बताउँछन् ।

खोप विक्रीमा समलग्न पनेरु कर्मचारी समायोजन ऐन २०७५ अनुसार समायोजनमा जानुपर्ने हो । तर, उनले नक्कली विरामी परिचय पत्र लिएर वीर अस्पतालमै बसेर राइँदाइँ गरेको वीरका कर्मचारी बताउँछन् ।

वीरमा रहनका लागि उनले विरामी नभएपनि मेडिकलबोर्डबाट कागज पत्र तयार पारेर स्वास्थ्य मन्त्रालयमा पेश गरेको र मन्त्रालयकै सिफारिसका आधारमा वीरमा नै बसेका थिए ।

नक्कली मेडिकल बोर्ड सिफारिसका विरुद्ध विभिन्न निकायमा उजुरी समेत परेको छ । उनलाई नै मेडिकल स्टोर प्रमुख बनाइएको छ । उनले अस्पतालमा रहँदा आफू निकट औषधी पसलबाट विरामलिाई आवश्यकता भन्दा बढी औषधी खरिद गराउने गरेको समेत आरोप छ ।

सम्बन्धित खबर