एमसीसी विरोधी आन्दोलनकारीको हातमा १० रुपैयाँको नोट र एउटा प्याज !

diyopost.com
दियो पोस्ट  शुक्रबार, फाल्गुण १३, २०७८ | २०:१६:०९

काठमाडौं । हिजो आज बानेश्वर क्षेत्र दैनिक जसो तनावग्रस्त हुन थालेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध सडक आन्दोलनमा उत्रिएका सर्वसाधरणले प्रहरी विरुद्ध ढुंगामुढा गर्न थालेपछि यो क्षेत्र तनावग्रस्त बन्न थालेको हो ।
प्रहरीले प्रदर्शनकारीमाथि दमनको नीति लिएको छ । पछिल्लो समय प्रहरीको गोलीबाट २८ वर्षिय हेमराज अवस्थी गम्भिर घाइते भएका छन् । उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा राखेर थप उपचार गरिँदैछ ।

प्रहरीले बलप्रयोग गर्न थालेपछि आन्दोलनमा सहभागी भएकाहरु पनि प्रतिरोधमा नयाँ तरिका अपनाउन थालेका छन् ।

 

बुधबारदेखि आन्दोलनकारीहरुले गुलेली लगायतले प्रतिरोध गरिरहेका छन् । शुक्रबार प्रदर्शनमा उत्रिएका एक माओवादी कार्यकर्ताले भने अश्रुग्याँसबाट बाँच्नका लागि प्याज हातमा लिएर आन्दोलनमा आएका छन् । उनको हातमा १० रुपैयाँका नोट समेत देखिन्थ्यो ।

तस्विर : रीता बुढाथोकी

 

सम्बन्धित खबर