काठमाडौँ । संसद भवनमा बसेको मन्त्रिपरिषद बैठकले एमसीसीको विषयमा उठेका विवादित विषयहरुलाई थप व्याख्या गर्ने गरी १२ बुँदे व्याख्यात्मक प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभामा आइतबार बसेको पहिलो बैठकले एमसीसीमाथिको सैद्धान्तिक छलफल सकेको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको सक्रियतामा एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएका थिए । 



