प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित

दियो पोस्ट  

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि सारिएको छ । सभामुख देवराज घिमिरेको आग्रहमा आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको संघीय संसद सचिवालयले जनाएको छ ।

आज दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण सो समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको बैठक चैत ५ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।