बागलुङमा माटोको ढिस्कोले च्यापिएर एक जनाको मृत्यु

दियो पोस्ट  

बागलुङ । बागलुङमा ढिस्कोले च्यापिएर एकजनाको मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–३ सामा बस्ने २१ वर्षीय राजन घिमिरेको आफ्नै घरदेखि ५० मिटर टाढा जंगलमा ढुंगा झिक्ने क्रममा माथिबाट ढिस्को खसेर च्यापिँदा हिजो दिउँसो मृत्यु भएको हो । घटनापछि गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको हो ।