सूचना प्रविधि क्षेत्र सुधारका लागि पुराना कानुन बाधक : मन्त्री शर्मा

दियो पोस्ट  

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार र सूचना प्रविधि दुवै क्षेत्रमा कानुन परिमार्जनलाई मुख्य जोड दिने नीति लिएको बताएकी छिन् ।

प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारी तथा राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुसँगको भेटघाटमा उनले यस्तो बताएकी हुन् । सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा सुधार ल्याउन पुराना कानुन बाधक भएकाले कानुन परिवर्तन आवश्यक रहेको उनको धारणा छ ।

राजनीतिक परिवर्तनपछि संविधान निर्माण भएर मुलुक धेरै अघि बढे पनि सूचना प्रविधिको क्षेत्रमा पञ्चायतकालीन कानुन नै कायम रहेकाले यी क्षेत्रलाई संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूल बनाउन समस्या देखिएकाले कानुन परिमार्जन गर्नुपर्नेमा उनले जोड दिइन् ।