
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेविसंघ नेता शिव रिमाललाई अस्पताल पुगेर भेटेका छन्।
फागुन १८ गते त्रिविमा नेविसंघका दुई समूहबीच झडप हुँदा रिमाल घाइते भएका थिए।
उनको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ। आज कोइराला अस्पताल पुगेर रिमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको नेविसंघ नेता भुवन भट्टले जानकारी दिए।
कोइरालाले संगठनभित्रको अराजक घटनाको निन्दा गरेका छन्।
‘आफ्नै संगठनभित्र कुटपिट हुने कुरा दुःखद हो। यसले अराजकता बढ्छ। दोषी जो भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ,’ कोइरालाले भने।
उनले स्ववियु निर्वाचनमा जुट्न पनि नेविसंघलाई आग्रह गरेका थिए।