छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका–११ बिपि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५ सय मिलिग्राम सहित भारत नानपारा बस्ने ४५ वर्षीय महोमद
आदिललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बाँके, कोहलपुर नगरपालिका–१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्रामसहित नेपालगंज उपमहानगरपालिका–१४ बस्ने २२ वर्षीय भूपेन्द्र पाठक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.४ प ८२७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकल चालक पाठकलाई पक्राउ गरेको हो ।

यसैगरि , झापाको अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कस्थित पशुपतिनगर होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका–९ बस्ने २१ वर्षीय प्रेम सागर सावा, मेचिनगर नगरपालिकाका २० वर्षीय मनिस बराल र मोरङ मिक्लाजुङ गाउँपालिकाका १९ वर्षीया तिलु राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

साथै कैलाली गोदावरी नगरपालिका-१ तरकारी बजार नजिक किराना पसल संचालन गरी बस्ने ५४ वर्षीया कुसुम भट्टलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३१ ग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी उनलाई
पक्राउ गरेको हो ।

सर्लाही, लालबन्दी नगरपालिका–१३ झुलुङ्गेपुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम शनिबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले बोरा फाली फरार भएपछि बोरा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका–४ जरायो टोलबाट नियन्त्रित लागूऔषध इस्पाइसपेन ५ हजार ४ सय चक्की र ट्रामाडोल ५ हजार २ सय चक्की शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सोही ठाउँस्थित
खाल्डोमा परालले छोपी राखिएको अवस्थामा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।

सिफारिस