ओखलढुंगा । ओखलढुंगामा एक दम्पतिले आत्महत्या गरेका छन् । जिल्लाको मोलुङ गाउँपालिका–२ बस्ने हेम प्रसाद दाहाल र उनकी श्रीमती बेदका दाहाल रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन । दाहाल घरदेखि २ सय मिटर पूर्व र उनकी श्रीमती बेदका करिब १ सय मिटर पूर्वको रुखमा डोरीले झुन्डिएका थिए । तर मृत्युको कारण भने खुल्न सकेको छैन् ।
घटनापछि प्रहरीको टोली त्यहाँ पुगेर अनुसन्धान गरिहेको छ । मृतक दाहाल नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति हुन् । उनीहरु पूर्वसांसद चन्द्रकान्त दाहालका सहोदर माइला भाई बुहारी हुन् ।
अनुसन्धानका क्रममा श्रीमती बेदकाको शरीरमा आगोले केही भाग जलेको भेटिएको छ । यसरी अचानक मृत्यु हुनुलाई स्थानीयले रहस्यमय भएको बताएका छन् , मृतक दम्पतीका एक छोरा र ५ छोरी छन् ।