१४ लाख अवैध भारतीय रुपैयाँसहित महोत्तरीबाट ९ जना पक्राउ

दियो पोस्ट  

महोत्तरी । महोत्तरीमा अवैध भारतीय रुपैयाँसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा एक भारतीय नागरिक बाहेक बाँकी आठ जना नपाली नागरिक रहेका छन्

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने जितेन्द्र कुमार सिंह, सुशिल साह, धिरज मण्डल, जिलानी अंसारी, अकवर अंसारी, एकवाल मण्डल, सोही नगरपालिकाको वडा नम्बर २ बर्ने आनन्द कुमार, सरोज कुमार साह र भारतीय नागरिक जितेन्द्र कुमार महत्तो रहेका छन् ।
सोमबार (हिजो) बिहान महोत्तरीको जलेश्वर नगरपालिका–३ मलिबारा बजारमा केही व्यक्तिहरू नेपाली नोटबाट भारतीय नोट सटही गरिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरूको साथबाट १४ लाख ३७ हजार ६४० भारतीय रुपैयाँ र ८२ हजार २०५ नेपाली रुपैयाँ बरामद गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूउपर विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तरगत आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।