राष्ट्रपति निर्वाचनः मतदान सकियो, ४ बजेदेखि मतगणना

दियो पोस्ट  

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । चुनावको मतगणना ४ बजेपछि हुने भएको छ ।

राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।

बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय पनि गरेको छ ।