अष्टलक्ष्मीले जित्नैपर्छ, एक-दुई सांसद मिलाउनुस् : ओली

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्नैपर्ने बताएका छन् । यसका लागि हरेक सांसद र प्रदेशसभा सदस्यले अर्को एक–दुई जनालाई मिलाउनुपर्ने उनले बताए ।

एमाले सांसद तथा प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले सामान्य हिसाबमा एमालेको शक्ति कमजोर रहेको बताए । तर शाक्यले जित्नैपर्ने भन्दै उनले भने, ‘यसका लागि सबै पार्टीसँग कुरा गरिरहेका छौं । तपाईंहरुले पनि एक–दुई जना मिलाउनुस्, अरुलाई पनि मिलाउनुस् । यसमा ह्वीप उल्लंघनको प्रश्न छैन ।’

उनले सांसद र प्रदेशसभा सदस्यको मत बदर हुन नहुने बताए ।

सम्बन्धित खबर