
सुनसरी । सु्नसरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । देवानगंज गाउँपालिका–४ कप्तानगंज शर्मा टोल बस्ने ३५ वर्षीया सपना देवी शर्माको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो । आफ्नै घरको मोटर जडान गरिएको कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकलमा उपचारको
क्रममा मृत्यु भएको हो ।