प्रधानमन्त्रीले सहजताका साथ विश्वासको मत पाउनुहुन्छः महामन्त्री थापा

दियो पोस्ट  

काठमाडों । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहजताका साथ विश्वासको मत पाउने बताएका छन्।

शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा मतदान गरेर र्फकिने क्रममा संचारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले उक्त कुरा बताएका हुन्।

‘नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिन्छ। राष्ट्रपतिको निर्वाचनमा मत हालेका गठबन्धनका दलहरु एक ठाउँमा हुन्छौँ,’ थापाले भने, ‘त्यसैले सहजताका साथ विश्वासको मत उहाँले पाउनु हुन्छ।’

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मतका लागि संसद्‌मा प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।

सम्बन्धित खबर