स्ववियु निर्वाच : कास्कीका कुनै पनि क्याम्पसमा हुन सकेन निर्वाचन

दियोपोस्ट संवाददाता

पोखरा । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका देशैभरका अधिकांश विद्यालयमा स्ववियु निर्वाचन जारी छ । तर, पोखराका कुनै पनि विद्यालयमा भने स्ववियु निर्वाचन हुन सकेको छैन ।

देशकै सबैभन्दा बढी विद्यार्थी भएको पीएन क्याम्पससहित स्ववियु निर्वाचन हुने भनिएका ६ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको हो ।

६ क्याम्पसम्मध्ये पोखरा नर्सिङ र पश्चिमाञ्चलन इन्जिनियरिङमा मात्रै फागुन २७ गते मनोनयन दर्ता भएको थियो । तर, उम्मेदवारी दर्तापछि पनि विद्यार्थी संगठनबीच आन्तरिक विवाद बढ्दा अन्य प्रक्रिया अघि बढ्नै सकेन ।

१० हजारभन्दा बढी मतदाता भएको पृथ्वीनारायण क्याम्पसमा निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी हुँदा एकातिर मनोनयन दर्ता नै हुन सकेन भने उच्च अदालतले पनि निर्वाचनको गतिविधि सञ्चालन नगर्न अल्पकालीन आदेश दिएको छ । क्याम्पसको विवाद अदालतसम्म पुग्दा निर्वाचन समितिले नै राजीनामा दिइसकेका छन् ।

सम्बन्धित खबर

सिफारिस