
:jljo' lgjf{rgdf dtbfg ub}{ lqz"nL, % r}t M lqe'jg ljZjljBfno cGtu{t cfOtaf/ g'jfsf]6 cfbz{ ax'd'vL SofDk; a§f/df :jtGq ljBfyL{ o'lgog -:jljo'_ lgjf{rgdf dtbfgdf ub}{ dtbftf ljBfyL{ . oxfF rf/ KofgnaLr k|lt:kwf{ /x]sf] 5 eg] dtbftf ljBfyL{sf] ;ªVof Ps xhf/ Ps;o $# hgf /x]sf 5g . tl:a/ M /fdxl/ Gof}kfg]÷/f;;
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका छन्।
निर्वाचनको प्रारम्भिक सूचनाअनुसार देशभरका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेको त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव प्रा. पशुपति अधिकारीले बताए।
छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा स्ववियु निर्वाचन सम्पन्न भएको अधिकारीले बताए। त्रिविले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरेको थियो। त्रिविका अधिकांश क्याम्पसमा १४ वर्षपछि स्ववियु निर्वाचन भएको हो।