झापामा गृहकार्य नगरेको भन्दै विद्यार्थीमाथि निर्घात कुटपिट

दियो पोस्ट  

झापा । झापाको दमक नगरपालिका–३ मा गृहकार्य नगरेको आरोपमा शिक्षिकाले कक्षा १ मा पढ्ने एक जना विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन् ।

अक्सफोर्ड माविका एक छात्रले दुई वटा प्रश्नको उत्तर नलेखेको भन्दै शिक्षिका एलिना न्यौपानेले विद्यार्थीलाई निर्घात कुटपिट गरेको पीडित विद्यार्थीको परिवारले आरोप लगाएको छ ।

शनिबार पीडित विद्यार्थीका आफन्त दुर्गा पौडेलले पीडित विद्यार्थीको फोटोसहित स्ट्याटस लेख्दै विद्यालय, शिक्षा र शिक्षिकालाई कारबाही गर्नुपर्ने बताएकी थिइन् ।