…त्यसपछि कांग्रेससँग मेरो लभ परिहाल्यो : प्रधानमन्त्री प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले सहमति विपरीत बोलेका कारण विश्वासको वातावरण बिग्रँदै गएको बताएका छन् । उनले संसद्मा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘म अलिअलि सोझो सोझो छु क्या । मैले संसद् विघटन गरेको ठिक छ भनेर केपीजीले भनेपछि म त्यही दिन अब भङ्ग हुने भयो भन्ने अवस्थामा पुगेको थिएँ । त्यसपछि काँग्रेससँग मेरो लभ परिहाल्यो, प्रधानमन्त्री भन्दा पनि एजेन्डाको लागि ।’

काँग्रेसले पनि गल्ती गरिएछ भन्ने सोचेकाले आफू काँग्रेसतिर लागेको उनले बताए ।

‘अस्तिको गठबन्धन एजेन्डाको कारणले टिक्दैन भन्ने थियो । यो एजेन्डाले नै टिक्छ । हुन त ओलीले वैशाखमा हामी बाहिरसँगै हुन्छौँ भन्नुभएको छ तर त्यस्तो हुने छैन,’ उनले भने ।

सम्बन्धित खबर