सरकार विस्तारलगत्तै दशदलीय गठबन्धन ढल्ने निश्चित छः शंकर पोख्रेल

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले दशदलीय गठबन्धन लामो समय नटिक्ने दाबी गरेका छन् । संविधानले २० मन्त्रालय र मन्त्री २५ भन्दा धेरै बनाउन निषेध गरेको बताउँदै उनले सत्तागठबन्धनका दश दलले २६ भन्दा बढी मन्त्रालय दाबी गरेकाले सरकार गठनअघि नै विवाद हुने र सरकार विस्तारलगत्तै गठबन्धन टुट्ने जिकिर गरे । ‘एमालेले नचाहँदा–नचाहँदै दशदलीय गठबन्धन सरकार विस्तारलगत्तै ढल्ने निश्चित छ,’ उनले भने ।

मिसन ग्रासरुट तथा राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोख्रेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले देशमा आर्थिक संकट निम्त्याएकाले स्थायित्व, आर्थिक वृद्धि तथा समृद्धिका लागि एमालेले पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएको उल्लेख गरे ।