सत्तागठबन्धनबाट बारा २ मा जसपाको दाबी

दियो पोस्ट  

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी, नेपालले दाबी गरेको छ। यसअघि उक्त क्षेत्रमा आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले आफूहरूको दाबी रहने जसपा प्रवक्ता मनीष सुमनले बताए।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता सुमनले यस्तो बताएका हुन्। ‘बारा २ मा सत्तागठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने भन्ने अपेक्षा छ। त्यसमा हाम्रो हक लाग्छ र हाम्रैतर्फबाट हुन्छ,’ उनले भने।