लोसपाको निर्णय: सरकारमा जाने, बारा २ मा उम्मेदवारी दिने

दियोपोस्ट संवाददाता

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले दश दलीय गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा जाने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकपछि गठबन्धन दलसँग कुरा गर्ने जिम्मेवारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको नेता शरदसिंह भण्डारीले बताए ।

अहिलेको गठबन्धनलाई पाँच बर्षसम्म टिकाएर लानुपर्ने बताए । यस्तै, बैठकले पार्टीलाई नयाँ शिराबाट विकास गर्नको लागि संगठनलाई सदृणिकरण अभियान चलाउने बताए । उनले वैशाख १० गते हुने उपनिर्वाचनमा पनि जिम्मेवार पार्टी भएकाले भाग लिने मनसायको साथ अघि बढ्ने निर्णय गरेको बताए ।

सम्बन्धित खबर

सिफारिस