देउवाले मागे विपक्षी दलको नेताले पाउने सुविधा

दियो पोस्ट  

काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलको नेताको हैसियतमा सुविधा माग गरेका छन्।

५ चैतसम्म आफू विपक्षी दलको नेता रहेको दाबी गर्दै देउवाले संघीय संसद् सचिवालयमा सुविधा माग गरेका हुन्।

सचिवालयका अनुसार देउवाले विपक्षी दलको नेताले पाउने कर्मचारीहरू नियुक्त गरेर उनीहरूलाई सेवा–सुविधा उपलब्ध गराउन निवेदन दिएका हुन्।

एमालेले १७ फागुनदेखि नै आफूलाई प्रमुख प्रतिपक्षी दाबी गरेको र ५ चैतसम्म कांग्रेसले विपक्षी दलको हैसियतमा सुविधा मागेको अवस्थामा सभामुख देवराज घिमिरे र महासचिव भरतराज गौतमले सेवा–सुविधाको विषय निर्क्योल गर्नुपर्ने अधिकारीहरू बताउँछन्। विपक्षी नेताको विवादकै कारण सुविधा शाखाले विपक्षी नेताले पाउने अतिरिक्त सेवा–सुविधा दिएको छैन।

कांग्रेसले ६ चैतदेखि आफूलाई सत्ता पक्षमा उभ्याएपछि एमाले स्वतः प्रमुख प्रतिपक्षी भएको छ। १५ फागुनमा सरकार छाडेको एमालेले १७ गतेदेखि आफूलाई प्रमुख प्रतिपक्षी दाबी गर्दै आएको छ।

TATA ADD