विराटनगर । कोशी प्रदेशका ठूला चार दलले प्रदेश नामकरणको प्रदेशसभा निर्णय स्वीकार्न अपील गरेका छन् ।
नामका विषयमा असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले आन्दोलन चर्काएपछि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले विज्ञप्ति जारी गर्दै नामकरणको निर्णयलाई स्वीकार गर्न आग्रह गरेका हुन् ।
गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । असन्तुष्टिको आन्दोलनका क्रममा गत चैत ५ गते घाइते भएका पदम लिम्बूको शुक्रबार मृत्यु भएको थियो । पहिचान पक्षधर दल र संस्थाले गठन गरेको ‘प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति’ ले सांसद बहिस्कार अभियान पनि सञ्चालन गरिरहेको छ ।
‘