काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेक लागेर खुल्ने बित्तिकै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो।
यो सँगै अब बजार ४० मिनेटको लागि बन्द हुन्छ। यो समयसम्म नेप्से ९८.६९ अंकले बढेको छ। नेप्से २०५९ विन्दुमा आएको छ। त्यस्तै, २६ करोड रूपैयाँको कारोबार भएको छ।
सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको हो।
बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ।