सरकारबाट बिदा हुन आफ्ना मन्त्रीहरुलाई एकीकृत समाजवादीको निर्देशन

नयाँ सत्ता समिकरण

दियो पोस्ट  

कामठमाडौं । माधव नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई सरकारबाट बिदा हुने निर्देशन दिएको छ। सचिवालय बैठकले मन्त्रीहरुलाई मन्त्रालय गएर बिदा हुन निर्देशन दिएको नेता गंगालाल तुलाधरले बताए।

सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना मन्त्रीहरुलाई केही पनि नभनेको भए पनि पाँच बजे नयाँ मन्त्रीहरुको शपथ तोकिएको जानकारी प्राप्त भएकाले आफूले सम्हालेको मन्त्रालयमा गएर बिदाई हुने सचिवालयले निर्देशन दिएको तुलाधरले बताए।

सरकारमा सहभागी हुनका साथै समाजवादी मोर्चाको एक घटकको रुपमासमेत अहिलेको सत्ता गठवन्धन परिर्वतनको कुरा आफूहरुलाई जानकारी नभएकाले हाललाई अरु कुनै निर्णय नभएको दाबी उनले गरे।

सरकारमा एकीकृत समाजवादीका तीन मन्त्री सहभागी छन्। नेकपा एकीकृत समाजवादीबाट हाल २ मन्त्री र एक राज्यमन्त्री छन्। पार्टी उपाध्यक्ष समेत रहेका डा बेदुराम भुसाल कृषि तथा पुशपक्षी विकास मन्त्री छन् भने उपमहासचिव प्रकाश ज्वाला भौतिक योजना तथा निर्माण मन्त्री छन्।

त्यस्तै नन्दा चपाई भौतिक योजना राज्यमन्त्री छन्।

सिफारिस