म्याद सक्केको लाइसेन्सबाट गाडि चलाएको भन्दै १०३ वर्षीया बृद्धालाई जरिवाना

दियो पोस्ट  

काठमाडौं ।  म्याद सकिएको लाइसेन्सबाट गाडि चलाएको भन्दै १०३ वर्षीया बृद्धालाई प्रहरीले जरिवाना गरेको छ । मध्येराती अनियन्त्रित तरिकाले गाडि चलाएको भन्दै इटाली प्रहरीले ति बृद्धालाई पक्राउ गरेको हो । पक्राउ परेकी बृद्धाको नाम हुसेपिना मोलिनारी हो ।

उनी इटालीको फेरारा नजिकै बोन्देनो शहरमा गाडि हाँकिरहेकी थिइन् । अनियन्त्रित रुपमा गाडि हाकेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकी मिलोनारीको जन्म मिती देखेर प्रहरी आफै चकित परेका थिए । उनको जन्म सन् १९२० मा भएको थियो । उनी साथी भेट्न बोन्देनोतर्फ गइरहेको र अध्यारोमा बाटो झुक्दिाँ गाडि अनियन्त्रित भएको हुन सक्ने प्रहरीले जनाएको छ । उनको सवारी लाइसेन्सको म्याद दुई वर्षअघि नै समाप्त भएकोसमेत प्रहरीले जनाएको छ ।

इटालीमा ८० वर्ष पुगेका नागरिकको हरेक दुई वर्षमा मेडिकल जाँच हुने र योग्य व्यक्तिलाई मात्र लाइसेन्स उपलब्ध गराइन्छ । मिलोनारीको लाइसेन्सको म्याद समाप्त भइसकेकोले उनलाई प्रहरीले जरिवाना गरेको हो । जरिवाना पश्चात उनलाई घर पुर्याइएको स्थानिय मिडिया ला नोभा फेरारामा खबर छ । कति जरिवाना तिराइयो भन्नेबारे भने उल्लेख गरिएको छैन ।

सिफारिस