‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण प्रधानमन्त्री ओली नरसिङ्गा फुक्दै

‘केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ पुस्तक विमोचन

दियोपोस्ट संवाददाता  

काठमाडौं । सोमबार दिउँसो राष्ट्रिय सभागृहमा ‘केपी शर्मा ओली सपना संघर्ष र संकल्प’ नामक पुस्तक लोकापर्ण गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले नरसिङ्गा फुक्ने प्रयास गरेका छन् ।

आफ्नै जीवनीमा आधारित पुस्तक लोकार्पण कार्यक्रमलाई रोमाञ्चक बनाएका लागि ओलीले नरसिङ्गा फुक्ने प्रयास गरेका हुन्। इच्छाकामना गाउँपालिकाका तर्फबाट प्रधानमन्त्री ओलीलाई ‘नरसिङ्गा’ उपहार दिइएको थियो । त्यसपछि ओलीले मञ्चमै नरसिङ्गा फुक्ने प्रयास गरेका थिए ।

चितवनको इच्छाकामना गाउँपालिकाले मौलिक संस्कृतीमा गीत गाएर प्रधानमन्त्री ओलीप्रति सम्मान व्यक्त गरेको थियो ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा उक्त किताब लोकार्पण समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।