काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरूमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ। “Think before you follow, wise money tomorrow” भन्ने अन्तर्राष्ट्रिय नारालाई आत्मसाथ गर्दै, बैंकले नेपालभर वित्तीय सचेतना फैलाउने उद्देश्य राखेको छ।
बैंकका अनुसार, डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, कृत्रिम बुद्धिमत्ताको प्रभाव, र ब्लकचेन प्रविधिको प्रवेशले सर्वसाधारण, विशेष गरी युवाहरूलाई सही वित्तीय निर्णय लिन चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा, यो कार्यक्रम अत्यन्तै उपयोगी हुनेछ।
यस अभियान अन्तर्गत बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन, दीर्घकालीन वित्तीय योजना, र जिम्मेवार वित्तीय निर्णय सम्बन्धी विस्तृत जानकारी सहभागीहरूलाई दिइनेछ।
कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सशक्त बनाउने, जिम्मेवार वित्तीय निर्णय लिन प्रेरित गर्ने, र समग्र वित्तीय स्थायित्व कायम गर्न योगदान पुर्याउने लक्ष्य लिएको छ।