“पाञचौं एकदिवसीय कर्पोरेट फुटसल प्रतियोगीता २०८१” सम्पन्न

दियोपोस्ट संवाददाता

काठमाडौँ । देशको निर्जीवन बीमा बजारमा विगत २९ बर्षदेखि उच्चगुणस्तरीय सेवा पु¥याउदै आएको नेको इन्सुरेन्स लि. ले सामाजिक उत्तरदायित्व अन्तर्गत बेला बखतमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । नेपाली समाजमा अझै पनि बीमावारे ब्यापक जनचेतना नभएको अवस्थामा बीमा वारे प्रचारड्डप्रसारको साथै स्वस्थ दिमागको लागि स्वस्थ शरीर आवश्यक भएको र स्वस्थ शरीरको लागि खेलकुद अपरिहार्य भएकोले यहि चैत्र ९ गते शनिवारका दिन धन्यन्तरी फूटसल, हाँडीगाउञमा मैत्रीपूर्ण मनोरन्जनात्मक “पाञचौं एकदिवसीय कर्पोरेट फूटसल प्रतियोगीता २०८१” सफलता पूर्वक सम्पन्न गरेको छ ।

उक्त प्रतियोगितामा विभिन्न बैंकहरु र आयोजक नेको इन्सुरेन्स समेत १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।  सो प्रतियोगितामा ग्लोबल आइमइ बैंक टिमले प्रथम स्थान र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक टिमले द्वितीय प्राप्त गर्न सफल भएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री अशोक कुमार खड्काले स्वागत गर्नुभएको उक्त कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष श्री रमेश कुमार निरौला तथा प्रमुख अतिथि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुबाट संयुक्त रुपमा भएको थियो ।

कार्यक्रम समापनको अवसरमा बिजयी टिम तथा खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । शनिवार दिनभर संचालन भएको खेल निकै प्रतिस्पर्धात्मक र मनोरन्जनात्मक रहेको थियाे  ।

सम्बन्धित खबर