एनएमबी क्यापिटल र वृज हिमालयन स्प्रिङबीच सम्झौता

दियोपोस्ट संवाददाता  

काठमाडौं । वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच संस्थागत परामर्शका लागि समझदारी भएको छ । नेपालको अग्रणी मर्चेन्ट बैंक एनएमबी क्यापिटलसँग संस्थागत परामर्श कार्यका निम्ति संस्थागत परामर्शदाताका रूपमा नियुक्त गरिएको हो ।

यस सहकार्य वृज हिमालयन स्प्रिङको निम्ति प्रिमियम पिउने पानी उद्योगमा एक स्थापित ब्रान्ड बनाइ व्यवसायको वृद्धि, विस्तार तथा विकासको दीर्घकालिन लक्ष्य प्राप्तिका लागि एक महत्त्वपूर्ण कदम रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एनएमबी क्यापिटलको संस्थागत परामर्श सेवाहरू जस्तै पूँजी पुनः संरचना तथा वित्तीय परामर्श सेवालगायत विभिन्न रणनीतिक साझेदार भित्र्याउने सिलसिलामा चाहिने परामर्श सेवा कम्पनीलाई दिइ व्यवसायलाई थप विस्तार र सुदृढ गर्न सहयोगी भूमिका निर्वाह गर्नेछ ।

यस यात्रामा एनएमबी क्यापिटल लिमिटेडले वित्तीय परामर्श र कम्पनीको विकासका लागि आवश्यक पूँजी पुनः संरचनामा सहयोग गर्नेछ । हाल यस कम्पनीले ‘पूर्ण ब्रान्डमा १ लि, ५०० मिलि, २५० मिलिको बोतलमा मिनरल पानी तथा २० लिको जारमा शुद्ध प्रशोधित पानी उत्पादन गरिरहेको छ ।

‘एनएमबी क्यापिटल लिमिटेडलाई हाम्रो वित्तीय परामर्श साझेदारको रूपमा पाएर हामी अत्यन्तै खुसी छौं । केडिया अर्गनाइजेसन अन्तर्गतको हाम्रो यो नयाँ परियोजनालाई अझ अगाडि बढाउन र विकास गर्न उहाँहरूको अनुभव र ज्ञान महत्त्वपूर्ण हुनेछ । यो सहकार्य हाम्रा सरोकारवालाहरूलाई उच्च प्रतिफल प्रदान गर्न हामी प्रतिबद्ध भएको प्रमाण समेत हो,’ वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सत्यम केडियाले भने ।

सिफारिस