काठमाडौं । फेक रेस्क्यु धन्दा गरेको अभियोगमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ घर भएका पासाङ शेर्पा रहेका छन् ।
पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा ५१ राष्ट्रहित प्रतिकुल कसुर र संगठित अपराध निवारण ऐन, २०७० अनुसार कसुरमा संलग्न रहेको अभियोगमा म्याद थप गरेर अनुसन्धान गरिएको छ ।
