काठमाडौं । फेक रेस्क्यु धन्दामा संलग्नहरु ३२ जना विरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीको) प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले अभियोग पत्र पेश गरेको छ ।
हाल सीआईबीको हिरासतमा रहेका ३२ जना विरुद्ध भोलीदेखि थुनछेक बहस हुनेछ ।

हाल सीआईबीको हिरासतमा रहेका लाजिम्पाट स्थित श्रीद्धि अन्तर्राष्ट्रिय अस्पतालका मालिक डा. गिर्वाणराज तिमिल्सिना र नेपाल चार्टर सर्भिसका मालिक रविन्द्र अधिकारी तथा म्याजिक हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनको मिलेमतोमा नक्कली उद्दारपछि ल्याइएका पर्यटकलाई वियर खुवाएर राख्ने गरेको पाइएको छ । लाजिम्पाटस्थित श्रीद्धि अन्तर्राष्ट्रिय अस्पतालको क्याफेटेरियामा विरामीलाई वियर खुवाएर राखिएको तस्विरसहितको प्रमाण मिशिल अदालतमा पेश भएको छ ।

ब्युरोले पक्राउपछि हाल हिरासतमा रहेका रविन्द्र अधिकारीको मोबाइल परिक्षणका क्रममा ह्वाट्स एप म्यासेजका केही तस्विर समेत फेला पारेको हो । डा. गिर्वाणराज तिमिल्सिता र अधिकारीबीच कुराकानी भएको म्यासेज र तस्विर समेत मिसिलमा संलग्न छ । जसमा रविन्द्रले ‘कुन ईन्स्युरेन्स लेराउँछ । रिल्याक्स छ त चिल्ड बिएर, शान्ता दाईको रेस्क्यु रहेछ आफ््नै खाँदै छन्् त ।’ भनेर म्यासेज गरेका छन् । त्यस्तै तस्विर समेत सामेल गरेका छन् ।

म्यासेजमा गेस्ट ईन्जोइङ भन्दै बिएर खाँदै गरेको तस्विर समेत सेयर गरिएको छ ।
नेपाल घुम्न आउने पदयात्री पर्यटकलाई फर्जी उद्दारको नाममा अर्बौं बिमा ठगी भएको भन्दै प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले अनुसन्धान थालेको थियो । ब्युरोका प्रमुख मनोज केसी नेतृत्वमा आएपछि भएको अनुसन्धानमा हालसम्म ११ जनालाई पक्राउ गरेर मुद्दा चलाईएको छ ।