काठमाडौं, २० फागुन । कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले नेताहरु माथि विश्वास हटेको भन्दै आत्महत्या गर्न मन लाग्ने गरेको खुलाशा गरेका छन् ।
कांग्रेस १३ औं महाधिबेशनको उद्घाटन सत्रमा बाल्ने क्रममा उनले राजनीति प्रति बढ्दै गएको वितृष्णाले आफू निकै तनावमा रहेको बताएका हुन् । जनताले राजनीति गर्ने नेता प्रति विश्वास गर्न छाडेको बताउँदै उनले नेताहरुलाई सचेत गराएको बताएका हुन् । ‘जनताले हामीलाई विश्वास गर्न छाडेका छन् । नेताहरु प्रति जनताको मत फेरिएको छ’ उनले भने, ‘हाम्रो एकता आवश्यकता छ । हामीले सिंगो राष्ट बोकेका छौं । हामीले सिंगो नेपाली जनताको भाग्य बदल्ने पार्टी हामी हुनु आवश्यक छ ।’
पौडेलले आफूहरुले देश परिवर्तन गर्न कांग्रेस अनिवार्य परिवर्तन हुनुपर्ने बताए ।