
रौतहट, चैत ७ । रौतहटको गुजरा नगरपालिका ९ मा होली मनाउने क्रममा दुई समूहबीच झडप हुँदा ४ जना घाईते भएका छन् ।
होलीको अवसरमा आयोजित कार्यक्रममा घैंटो फुटाउने क्रममा विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । झडपमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । अहिले स्थिति नियन्त्रणमा आएको र सुरक्षा व्यवस्थामा कडाई गरिएको ससस्त्र प्रहरीको रौतहट ११ नं। गणका प्रमुख एसपी कृष्ण ढकालले बताउनुभयो । उच्छृङखल गतिविधि हुन नदिन अहिले ससस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् ।